सांकेतिक तस्बिर

मकवानपुर, १३ पुस । मकवानपरको मकवानपुरगढी गाउँपालिकामा प्लस टु वा शो सरह उतिर्ण गरेर उत्कृष्ट अंक ल्याएका जनजाति विद्यार्थीहरुका लागि लोक सेवाको लागि निःशुल्क तयारी कक्षा संचालन हुने भएको छ । गाउँपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै मकवानपुरगढी गाउँपालिकाभित्र बसोबास गर्ने इच्छुक व्यक्तिहरुको आवेदन माग गरेको हो ।

सूचना प्रकाशित गरिएको मितिदेखि १० दिनभित्र आवेदन फाराम भर्न आह्वान गरेको छ । कक्षाको लागि आवेदन दिन चाहनेहरूले न्यूनतम शैक्षिक योग्यता प्रवीणता प्रमाण पत्र वा +२ उत्तीर्ण वा सो सरह पूरा गरेको हुनुपर्नेछ। कक्षामा मकवानपुरगढी गाउँपालिकाको स्थायी बासिन्दाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

गाउँपालिकाले आवेदन दिनेहरुमध्येबाट २२ जनालाई खरिदार वा सहायक चौथो तहको लागि निःशुल्क तयारी कक्षा संचालन गर्नेछ । हेर्नुहोस् सूचना–