मकवानपुर । लेबनानमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने नेपाली सेनाले बतायो ।

हाल लेबनानमा ८ सय ७७ जना नेपाली शान्ति सैनिक छन् ।