मकवानपुर । मकवानपरको हेटौँडास्थित विभिन्न स्थानमा रुखका हाँगाहरु काट्नुपर्ने भएकोले विद्यूत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्यूत प्राधिकरण हेटौँडाका अनुसार हेँटौडा ग्रिड महाशाखा अन्तर्गत रहेको कमाने सब स्टेशनबाट वितरित ११÷०.४ केभी ग्रामिण फिडर (फुर्के चौर देखि हातीसुन्ड़ेसम्म) र रंगशाला फिडर (हटिया चिसापानीदेखि फुर्केचौर सम्म) लाईन काटिने भएको हो ।
्
यस क्षेत्रको तारको मुनि तथा छेउछाउमा परेका रुखका हाँगाबिगा काट्नु पर्ने भएकोले सो सब स्टेसनबाट वितरित ग्रामिण र रंगशाला फिडरको लाइन शनिबार बिहान करिब ७ बजेदेखि दिउँसो करिब २ बजेसम्मको लागि अवरुद्ध हुने सूचना प्रकाशित गरिएको हो। समय अगाडि काम सकिएमा निर्धारित समय अगावै नै लाइन संचालन हुने जानकारी समेत प्राधिकरणले जनाएको छ ।












