
मकवानपुर । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । आज बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका कानुन अधिकृत तथा सूचना अधिकारी प्रकाश चापागाईँका अनुसार प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको हो ।
श्रेष्ठ विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ नवलपराशी (बर्दघाट सुस्ता पूर्व) निवासी हुन् ।