मकवानपुर । मकवानपुरमा लामो समयदेखि समाज सेवामा रहेको संस्था, सहयोगी मन नेपालको छैटौँ वार्षिक स्थापना दिवस सम्पन्न भएको छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी प्रौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केदारप्रसाद चौँलागाईँको सभाध्यक्षतामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १०० वर्ष पुगेका वृद्धालाई सम्मान समेत गरिएको थियो । त्यस्तै अशक्त वृद्ध–वृद्धाहरुलाई लौरी प्रदान गरिनुका साथै वाािर्षक रुपमा प्रदान गर्दै आइएको श्रीनाथ छात्रावृति सेवा, जनप्रिय उच्च माविलाई प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपक तिवारीले स्वागत मन्तव्य तथा वरिष्ठ सल्लाहकार शिव खनालसहित उपस्थित अतिथिहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्साल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खड्का, नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष तथा संस्थाका संरक्षक बद्री चौलागाई , श्रीकृष्ण प्रणामी मकवानपुरका संरक्षक रामकृष्ण तिवारी, श्रीकृष्ण प्रणामी जिल्ला समितिका अध्यक्ष श्रीराम खतिवडा, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष बासुदेव खतिवडा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।