मकवानपुर । धादिङको धार्केस्थित धर्मकाटाको डिजिटलाइजेशन शुभारम्भ भएको छ । मंगलबार कार्यक्रमका प्रमुख अतिथि एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले धर्मकाटाको डिजिटलाइजेशनको शुभारम्भ गर्नुभएको हो ।

मन्त्री दाहालको प्रमुख आतिथ्यता र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा स्थानीय राजनीति पार्टी प्रतिनिधि,स्थानीय प्रशासन तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको यो धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।