मकवानपुर । मनहरीमा दोस्रो गोकुल राउत स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगीताको तयारी पुरा भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत १५ गते देखि २३ गते सम्म सञ्चालन हुने प्रतियोगीताको तयारी पुरा भएको आयोजक फ.सि. मनहरीले जानकारी दिएका हुन् ।

खेलकुद विकास समिति मनहरीको समन्वय तथा रेवा इन्टर नेशनल एकेडेमीको प्रायोजनमा मनहरी–७ को रमौली स्थित प्रस्तावित मदन भण्डारी क्षेत्रिय रंगशालामा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा १२ टिम सहभागीता रहने एफ.सि मनहरीका अध्यक्ष आसिस गुरुङले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद रु. १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद रु. ५० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । त्यस्तै, बेस्ट किपर र बेष्ट प्लेयर लगाएतका बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।

प्रतियोगीताको प्रथम पुरस्कार स्वर्गीय राउतका परिवारबाट दिइने आयोजकको भनाई छ । कार्यक्रममा खेलकुद विकास समिति मनहरीका अध्यक्ष बिरु लामा, स्वर्गिय राउतका परिवार लगायतको उपस्तीथी रहेको थियो ।