मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा सम्पन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत भएको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा १ सय ४ मत र २०७९ को निर्वाचनमा ३१ मतले हराएको माओवादी केन्द्रलाई पछि पार्दै तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् ।
हेटौंडा–१२ मा लगातार दबदबा कायम राखेको माओवादी यो पटक आफ्नो साख जोगाउन चुकेको छ । यस अघिको सोही वडाको स्थानिय तहको निर्वाचनमा लगातार दुई पटकको हारपछि तेस्रो पटकको निर्वाचनमा माओवादीको किल्ला तोड्दै फराकिलो मतअन्तरले कांग्रेसका तिवारी निर्वाचित भएका हुन् ।
कुल खसेको ५ हजार ४८४ मत मध्ये ७६ बदर भएको छ । बाँकी ५ हजार ४ सय ८ मतमध्ये तिवारीले २०६३ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका रबिन कुमार प्रधानले १ हजार ५ सय ६० मत ल्याएका छन् । नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८ ल्याएका छन् ।
यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका थिए । वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका थिए । जसमध्ये नौ जना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका थिए ।