मकवानपुर । मकवानपुरबाट सामाजिक कार्यक्रममा सक्रिय संस्था सहयोगी मन नेपाललाई लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सम्मान गरेको छ । बुधबारबाट एकहप्ते ‘राजमार्ग सवारी दुर्घटना न्युनिकरण सचेतना तथा शुद्ध सनातन रक्षा शान्ति दिप सचेतना कार्यक्रम’ लिएर नेपालगञ्ज पुगेको सहयोगी मन नेपाल टिमलाई सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिनाकोले कदर पत्र सहित सम्मान गर्नुभएको हो ।

मन्त्री तिमल्सिनाले सहयोगी मन नेपालको अभियान र कार्यको प्रशंसा गर्दै अझै यस्तै कार्यक्रमहरु देशलाई खाँचो रहेको बताउनुभयो । मन्त्री तिमल्सिनाले मानव सेवा नै सर्वोत्तम हो भन्ने मर्मलाई आत्मसात गर्दै विपदमा परेका दीनदुःखी असहायलाई तत्काल राहत पुयाँउँदै उल्लेख्य भूमिका निर्वाह गरी परोपकारी भावनाले अहोरात्र क्रियाशील भएको भन्दै संस्था र यसको योगदानप्रति उच्च मूल्याङ्कन समेत गर्नुभयो ।

बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु बहादुर दहालले हेटौंडा–६ मा रहेको धरान चतरा राजमार्ग अन्तर्गत जिरो किलोमिटर चौघडा चोकबाट दिप प्रज्वलन र ब्यानर समुद्घाटन गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । अभियानमा सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाईं, सल्लाहकार शिव खनाल र बलभद्र खतिवडाको टोली रहनुभएको छ ।

सहयोगी मन नेपालले विगत लामो समयदेखी समुदायको हरेक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ।