मकवानपुर । तामाङ पत्रकार संघ बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको अध्यक्षमा ज्ञानेन्द्र तामाङ निर्वाचित भएका छन् । समितिको शनिबार हेटौँडामा भएको दोस्रो अधिवेशनबाट तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा काभ्रेका जगतमान तामाङ, सचिव मकवानपुरका दिल बहादुर तामाङ, सहसचिव काठमाडौँकी मायालु लामा र कोषाध्यक्ष दोलखाका पेमा लामा दोङ चयन भएका छन् ।

समितिको सदस्यहरुमा काठमाडौँका श्यामलाल लामा, दोलखाका फुर्वा तामाङ, मकवानपुरका नवराज वाईबा, चितवनका बबिलाल तामाङ र काभ्रेका विकास वाईबा चयन भएका छन् ।