
मकवानपुर । नेपाल पत्रकार महासंघको आज भएको निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा ११७ मध्ये १०७ मत खसेको छ । मकवानपुर शाखामा सदस्य रहेका १० जनाले भने विविध कारणले निर्वाचनमा सहभागिता जनाएनन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रिगल हेटौँडा रिसोर्टमा चुनाव सम्पन्न भएपछि केन्द्र र प्रदेश हुँदै जिल्लाका उम्मेदवारहरुको मतगणना धमामधम भइरहेको छ । मकवानपुर शाखामा यस वर्ष २ स्वतन्त्र र २ पत्रकार संगठनका गरी ४ जना उम्मेदवारहरु अध्यक्ष पदमा भिडेका थिए ।
निर्वाचन प्रेस चौतारी मकवानपुर र नेपाल प्रेस युनियन मकवानपुरको साझा उम्मेदवारको रुपमा बालकृष्ण अधिकारी,प्रेस संगठन नेपालबाट अञ्जली थापा र स्वतन्त्रबाट पोष्टराज अधिकारी (कुमार) र सुरेश श्रेष्ठ अध्यक्ष पदमा निर्वाचनमा होमिएका थिए ।