मकवानपुर । हेटौँडा १४ मा रहेको अनाथ अपाङ्ग-बाल पुनर्स्थापना केन्द्रमा परेको समस्यालाई ध्यानमा राख्दै सहयोगी मन नेपालले खाद्यान्न सामग्री सहयो प्रदान गरेको छ ।

दिवंगत आफ्नो माताको नाममा सहयोग पुगोस् भनी अभिषेक विकले प्रदान गरेको सामग्री सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौँलागाईको नेतृत्वमा प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष चौँलागाईसँगै सल्लाहकार शिव खनालको उपस्थितिमा रामबहादुर विकले पुनर्स्थापना केन्द्रका संस्थापक रामहरि कोईरालालाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।