मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बागमती गाउँपालिकालाई विभिन्न सवारी साधनहरु हस्तान्तरण गरेको छ । आज हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमा सवारी हस्तान्तरण गरिएको हो ।
उपमहानगरले गाउँपालिकालाई दम्कल, सुमो, पिकअप सहितका सवारी साधन हस्तान्तरण गरेको हो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम र उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सबिन न्यौपानेले बागमती गाउँपालिकाका प्रतिनिधिलाई सवारी साधन हस्तान्तरण गरेका थिए ।












