मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका ९ का थप ३ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । पुर्ण सरसफाइ उन्मुख हुने टोलहरु विर्ता , अम्बोटे , बरेटार रहेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।
कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलानको सभाध्यक्षतामा भएको घोषणासभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल ग्रामीण पुनर्निमाण संस्था (आर .आर .एन)सँगको सहकार्यमा गाउँपालिले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो ।
मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजना अन्तर्गत आर .आर . एनले गाउँ पालिकामा अभियान चलाएको थियो । सो क्रममा गाउँपालिका कार्यालयसँगको सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाकि सहायक महिला विकास निरीक्षक रमिला सापकोटाले जानकारी दिइन् ।












