मकवानपुर, २७ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङमा आईतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ । मोटरसाईकल दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक हेटौँडा ४ निवासी १५ वर्षीय मैन थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
आइतबार राती १० बजेर ५५ मिनेटको समयमा हेटौँडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए । उनीहरुमध्ये मैनको ज्यान गएको छ ।
दुर्घटनामा परी घाइते भएकी बेबिशा खड्गीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि भरतपुर रेफर गरिएको प्रहरीले बताएको छ । त्यस्तै अर्की घाइते बिनिता थापाको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ । थापाको अवस्था मध्यम छ ।












