साँकेतिक तस्बिर

मकवानपुर, २८ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ रमौली बस्ने २८ वर्षीया रिता सुनारी मगरको रुखबाट लडेर सोमबहार बिहान मृत्यु भएको छ ।

सोमबार बिहान घर नजिकैको रमौली जङ्गला घाँस काट्न गएकी रिता घाँस काट्दै गर्दा अचानक रुखबाट लडेर घाईते भएकी थिईन् ।

घाईते भएकी रितालाई चितवन स्थित नयाँ मेडिकल कलेज लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।