अछाम, ३० कात्तिक । श्रीमतीको हत्याको गरेको अभियोगमा श्रीमान प्रकाउ परेका छन् । अछाम जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् ।

घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोटपटक लागेको अछामका प्रहरीले बताएको छ । मृतकका श्रीमान शेरबहादुर भण्डारीले मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।