साँकेतिक तस्बिर

दाङ, ३० कात्तिक । दाङमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । बंगलाचुलीमा भएको दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको हो ।

बुधवार दिउँसो बंगलाचुली– ५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खसेको थियो । घाइतेलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।