नेपालगञ्ज, ३० कात्तिक । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।