
मकवानपुर, १ मंशिर । मकवानपुरको मकवानपुरगढीमा बारीमा लडेर वृद्धा महिलाको मृत्यु भएको छ । बिहिबार मकवानपुरगढी गाउँपालिका वडा नं.१ रानीशेराकी ६२ बर्षीया बिष्णुमाया बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार साँझ ५ बजेको समयमा आफ्नै घरदेखि करिब २०० मिटर दक्षिणतर्फ आफ्नै बारीमा लडेर उनको मृत्यु भएको हो । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याईएको छ । सोमबार बेलुका घरबाट हिडेकी बम्जनले बेला बेलामा मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीको भनाई छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।