
पर्सा, २ मंसिर । पर्साकाे वीरगञ्जमा नक्कली नाेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे प्रहरीले बताएको छ । उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । उनीहरुमाथि खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।