मकवानपुर, २ मंसिर । कारले मोटरसाईकललाई ठक्कर दिँदा हेटौँडा–५ का एक जना घाईते भएका छन् । हेटौंडा–४, हुप्रचौर नजिकै कारले मोटरसाइकललाई ठक्कर दिँँदा मोटरसाइकल चालक हेटौंडा–५ पिप्लेका ५० वर्षीय हरी प्रसाद देवकोटा घाईते भएका हुन् ।

शुक्रबार साँझ ५ बजेर ३० मिनेटको समयमा हुप्राचौरबाट कमलडाँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ च ००९ नम्बरको कारले बाटो क्रस गर्दै गरेको ना ४३ प ८८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक देवकोटा घाइते भएका थिए । घाइते देवकोटाको दुबै खुट्टामा चोट लागेको थियो ।

देवकोटालाई उपचारको लागि मोडेल अस्पताल हेटौंडा लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौ लगिएको प्रहरीले जानकारी दिएको छ । घाइते देवकोटाको स्वास्थ्य अवस्था मध्यम रहेको जनाएको छ ।