मकवानपुर, ३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको टि–१० कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाईनल खेल आज हुने भएको छ । शनिबार लिग चरणको ६ वटा खेलहरुसम्पन्न भएसँगै समूह ए बाट विजेता बन्दै कमाने राइडर्स र उपविजेता बन्दै कमाने टाइगर सेमीफाइनलमा प्रवेश गरेको छ भने समूह बी बाट विजेता बन्दै साविक विजेता कमाने हन्टर्स र उपविजेता बन्दै कमाने लायन्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सेमीफाइनल खेल र दिउँसो फाइनल खेल हुनेछ । पहिलो सेमीफाइन खेल कमाने राइडर्स र कमाने लायन्स बीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल कमाने हन्टर्स र कमाने टाइगर बीच हुनेछ । आइतबारै सेमीफाइनल र फाइनल खेलको बीचमा वडा खेलकुद विकास समितिका पदाधिकारी र कमाने प्रिमियर लिगमा सहभागी क्लबका मालिकहरुको टिमबीच मैत्रीपूर्ण खेल हुनेछ ।

हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविको खेल मैदानमा शुक्रबार शुक्रबारदेखि खेल सुरु भएको थियो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।