मकवानपुर, ३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा  शान्तिटोलस्थित कान्तिलोकपथ सडकखण्डमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सोही ठाउँकी ३८ वर्षीय निरा बजगाईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा उक्त सडकखण्डमा शिबम शिमेन्ट फ्याक्ट्रीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ नम्बरको ट्रकले पैदल यात्री बजगाईलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बजगाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई प्रहरी चौकी चौघडामा राखेर अनुसन्धान गरिरहेको छ ।