मकवानपुर, ४ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा अवस्थित हेटौँडा अस्पताल बागमती प्रदेशको दोस्रो उत्कृष्ट अस्पताल हुन सफल भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षामा हेटौँडा अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित हुँदै सम्मानित भएको हो । आर्थिक वर्ष २०७९/८० मा भएको स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सेवाको सुचक तथा प्रस्तुतीकरणको मूल्यांकनको आधारमा हेटौँडा अस्पताल दोस्रो भएको हो ।

बागमती प्रदेशका १३ वटा अस्पतालहरु मध्ये नुवाकोट अस्पताल प्रथम र धादिङ अस्पताल तेस्रो भएको छ । कार्तिक २१, २२ र २३ गते भएको वार्षिक समिक्षामा हेटौंडा अस्पतालसँगै स्वास्थ्य कार्यालयहरु मध्ये जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर दोस्रो भएको छ ।