मकवानपुर, ५ मंसिर । मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी साविक विजेता वडा नम्बर ४ ले जितेको छ । आइतबार भएको फाइनल खेलमा वडा नम्बर ८ लाई हराउँदै ४ नम्बरले उपाधी जितेको हो ।

वडा नम्बर ४ ले वडा नम्बर ८ लाई ३–१ सेटले हराएको हो । पहिलो सेट २१–२५ ले गुमाएको वडा नम्बर ४ ले त्यसपछि क्रमशः २५–१८, २५–१४ र २५–१८ सेटको नतिजा आफ्नो पक्षमा पा¥यो । खेलको म्यान अफ द म्याच वडा नम्बर ४ का राजकुमार राई घोषित भए ।

उपाधी विजेता वडा नम्बर ४ ले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।