साँकेतिक तस्बिर

कास्की, ५ मंसिर । कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा रहेकाे खेतमा लैजाने कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् र श्रीमतीको ज्यान गएकाे छ । कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भइ अहिले पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उहाँकी श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमवार ज्यान गएकाे प्रहरीले जनाएको छ ।

सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलबाट दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।