साँकेतिक तस्बिर

मकवानपुर, ५ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ कुरुलेकी अन्दाजी २५ वर्षीया मुना बर्तौला आज बिहान मृत अवस्थामा फेला परेकी छिन् ।

स्थानीय भगवान प्रसाद बर्तौलाको छोरी मुना बिहान ६ बजेको समयमा आफ्नै भुईतले घरको आफु सुत्ने कोठा भित्र फलामको पाईपमा सलको पासो लगाई भुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरी घटनास्थलमा पुगेर घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।