साँकेतिक तस्बिर

मकवानपुर, ६ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लिपुरमा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया सन्तमाया चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सोमबार सौतेनी छोरा २६ वर्षीय इन्द्र बहादुर चेपाङको कुटपिटबाट सन्तमाया गम्भीर घाइते भएका थिए । घाइते सन्तमायाको उपचारको क्रममा मंगलबार चितवन भरतपुर अस्पतालमा मृत्यु भएको हो । ईन्द्र बहादुरलाई प्रहरीले नियन्त्रणम लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।