मकवानपुर, ७ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, न्युरेनिमा बिहीबार सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन ।
कान्तिलोकपथ सडक खण्डस्थित हेटौंडा–६, न्युरेनिमा दिउँसो १२ बजेर ३५ मिनेटको समयमा हेटौंडाबाट चौघडा तर्फ जाँदै गरेको ना ५२ प ८०१० नम्बरको मोटरसाइकललाई बिपरति दिशाबाट आउँदै गरेको बा २ झ ३६६३ सरकारी गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट मोटरसाइकल चालक बारा जिल्लाको कलैया उपमहानगरपालिका–२५, बस्ने ३१ वर्षीय रवि साह र मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय रामेश्वर गिरी घाईते भएका थिए । घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरु हेटौँडा अस्पतालमा सामान्य उपचारमा छन् ।












