मकवानपुर, ८ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी गाउँ नजिकै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१, दुबी चौरका ४३ वर्षीय हरी पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार बिहान १० बजेर १५ मिनेटको समयमा उक्त गाउँदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएका पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीयहरुका अनुसार पौडेल आफ्नो श्रीमतीसँगै गएका थिए । उनलाई बाघले आक्रमण गरेर मारेपछि श्रीमती अचेत अवस्थामा भएको स्थानीयहरुले बताएका छन् ।












