तस्बिरहरु– चन्द्रकान्त चौधरी

मकवानपुर, ९ मंसिर । मकवानपुरगढी गाउँपालिका वडा न. ६ का पूर्व वडाअध्यक्ष टिका प्रसाद दाहाल यतिबेला सयपत्री फुल टिप्न व्यस्त छन् । विगत दुई वर्षदेखि फुलखेतिमा रमाउँदै आएका दाहाललाई फुल खेति गर्न कान्छो छोरासहित पुरै परिवारले साथ दिएका छन् ।

यस वर्षको तिहारमा सयपत्री फुल बिक्री गर्न गाह्रो भएता पनि उनले कमै मूल्यमै भए पनि सबै फुल बेचेको बताए । उनी अहिले कलश बहुउदेश्यीय कृषि फर्म, मकवानपुरगढी ६, बाग्दली मार्फत व्यवसायिक फुल खेती गर्दैछन् ।

फार्ममा सयपत्री र गोदावरी फुल फुलिरहेका छन् । उत्पादित फुलको मुख्य बजार काठमाण्डौ र हेटौँडा रहेको छ । उनले फुल, फुलको माला, फुलको गुच्छा र फुलको बुगी बनाएर बिक्री गर्दै आएका छन् ।