तस्बिरहरु– चन्द्रकान्त चौधरी

मकवानपुर, १० मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बाग्दलीका लक्ष्मण बजगाँईले विभिन्न तरकारीका बेर्नाहरु बेच्नु सुरु गर्नुभएको छ । ग्रामिण कृषि कार्यकर्ता समेत रहेका बजगाँईले ‘बजगाँई तरकारी नर्सरी’ माफैत तरकारीका बेर्नाहरु बेच्न सुरु गर्नुभएको हो ।

बजगाँईले नर्सरीमार्फत हाल गोलभेँडा, काउली, बन्दा, ब्रोकाउली, रायो लगायतका तरकारीका बेर्नाहरु बेच्दै हुनुहुन्छ । यो सिजनमा निक्कै चर्चामा रहने प्याजको बेर्ना समेत उनी तयार गर्दैछन् ।

प्याजको बेर्ना मंंसिरको अन्तसम्म तयार हुने उनले बताए । बजगाँईले हरेक वर्ष हिउँदे सिजनमा तरकारी नर्सरी गरिरहेका छन् ।