मकवानपुर, ११ मंसिर । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा लगाइएको गाँजा फडानी गर्नका लागि फेरी प्रहरी परिचालन गरिएको छ । दुई गाउँपालिकामा जम्मा १ सय जना प्रहरीहरु गाँजा फाँड्न परिचालन भएको हो ।
कैलाश गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जना र राक्सिराङ गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हरेक वर्ष मकवानपुर प्रहरीको केही दिन गाँजा फाँड्नमा नै प्रयोग हुने गरेको छ ।
यस अघि पनि प्रहरीले मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा लगाइएको गाँजा फडानी गरेको थियो ।












