साँकेतिक तस्बिर

मकवानपुर, १७ मंसिर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–५, कुवा स्थित चखेल मातातिर्थ सडक खण्डमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्युहुनेमा सोहि स्थानकी ७० वर्षीया कान्छी माया घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार साँझ मातातिर्थ सडक खण्डमा काठमाण्डौबाट चखेल तर्फ आउँदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा यात्रा गरि आएकी घलानलाई बसबाट झर्ने क्रममा सोहि बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट शरिरको बिभिन्न भागमा चोट लागि घलान घाइते भएकी थिइन । घाईते घलानलाई उपचारको लागि काठमाण्डौ लगिएको थियो ।

घलान उपचारको क्रममा काठमाण्डौको बि एण्ड बि अस्पताल राति ८ बजेको समया डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस चालक सोहि स्थानका २६ वर्षीय राजकुमार दोङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।