फोटो फाईल

मकवानपुर, २४ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । प्रहरीले केलाश गाउँपालिका वडा नम्बर १ डाँडाखर्कका १९ वर्षीय दुई किशोरहरुलाई पक्राउ गरेको हो ।

आईतबार बिहान अन्दाजी ५ः३० बजेको समयमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले सडकमा हिँडिरहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको झोलामा लागुऔषध गाँजा ७ किलो ३३० ग्राम फेला परेकोले उनीहरुलाई पक्राउ गरिएको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।