तस्बिर–बिरेन लोप्चन

मकवानपुर, २५ मंसिर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको मकवानपुर जिल्ला लिग छनोट प्रतियोगिताको उद्घाटन खेलमा पञ्चशिल युवा क्लव हेटौँडा १२ बेलडाँडा र जनहित युवा क्लब हेटौँडा १९ विजयी भएका छन् । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा

हेटौंडा–१२ बेलडाँडाको पञ्चशील युवा क्लबले हेटौंडा–१८ को कमलादेवी युवा क्लबलाई टाइबे्रकरमा ३–० गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइबे्रकरमा पुगेको थियो । खेलको म्यान अफ दि म्याच बेलडाँडाका सुजन लोप्चन भएका छन् ।

त्यस्तै जनहित युवा क्लबले हेटौंडा–१३ को पदमपोखरी युवा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइबे्रकरमा पुगेको थियो । खेलको म्यान अफ म्याच जनहित युवा क्लबका आयुष गोले घोषित भएका छन् ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने दुई टिम जिल्लास्तरीय टिमको रुपमा छनोट भई जिल्ला लिगमा सहभागी हुनेछन् ।