जी. न्यौपाने, मकवानपुर, १९ माघ । बागमती प्रदेश सभाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । बागमती प्रदेश सचिवालयले आयोजना गरेको कार्यक्रम बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सभाध्यक्षता र प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विशेष आतिटथ्यता रहेको थियो । कार्यक्रममा संसदिय दलका नेताहरू, उपसभामुख, मन्त्रीहरु, सभा सदस्यहरुलगायत विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश सभासदस्यहरू,सचिवालयका कर्मचारीहरु सम्मानित पुरस्कृत हुनुका साथै प्रदेश सभा दर्पणा २०८० पुस्तकको विमोचन गरिएको थियो । पुरस्कार र पुस्तकको विमोचन प्रदेश प्रमुख शर्माले गर्नुभएको थियो । यसैगरी सभामुख पाठकले प्रदेशको एपको उद्घाटन गर्नुभएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश प्रमुख शर्माले काम आँट्नु अघि त्यसका बारेमा गर्न सकिने नसकिने पत्ता लगाएर मात्र काम गर्नुपर्ने बताउनुभयाे । ‘समस्या आफैमा समस्या हो याे उल्झन हाे, याे कसैको हुँदैन । एक भएर कार्य सम्पन्न गर्न सकिन्छ’ प्रमुख शर्माले बताउनुभयो ।
कार्यक्रममा प्रतिपक्षी दलका नेता जेएन थपलिया, मुख्यमन्त्री शालिकराम जमकट्टेल, सभामुख भुवनकुमार पाठक लगायतले बोल्नुभएको थियो ।











