मकवानपुर, २५ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडास्थित पञ्चशील युवा क्लबका फुटबल खेलाडीहरुलाई स्थानीय बिरु लामाले खेलकुद सामग्री सहयोग गरेका छन् ।
हेटौँडा १२ बेलडाँडाका स्थानीय एवम् क्लबका सदस्य समेत रहेका लामाले खेलाडीहरुका लागि २२ जोर जुराफ सहयोग गरेका हुन् । लामाको सहयोगप्रति क्लबका संयोजक बिरेन कुमार लोप्चनले आभार प्रकट गरेका छन् ।
हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्लालिफाई फुटबल प्रतियोगिता २०८० मा पञ्चशील युवा क्लबले शनिबार जीत हासिल गरेर अघिल्लो चरणमा प्रवेश गरेको छ ।










