मकवानपुर, २६ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्लालिफाई फुटबल प्रतियोगिता २०८० मा पञ्चशील युवा क्लब हेटौँडा १२ बेलडाँडा र जनहित युवा क्लब हेटौँडा १९ विजयी भएको छ ।
सोमबार भएको पहिलो खेलमा जनहितले ज्ञानज्योति युवा क्लब हेटौँडा १७ लाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडास्थित पञ्चशील युवा क्लबले दोस्रो पटक जीत हात पारेको छ । पञ्चशीलले दि रिभाईबल युवा क्लब हेटौँडा २ लाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच पञ्चशीलका शुभराज गोले भएको क्लबका संयोजक बिरेन कुमार लोप्चनले बताएका छन् ।

समूह ए बाट यी दुबै टिमहरु सेमिफाईनलमा पुगेको छ । अब यी दुबै टिमले समूह ए को सेमिफाईनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।










