मकवानपुर, २६ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडास्थित पञ्चशील युवा क्लबका फुटबल खेलाडीहरुलाई क्लबका संयोजक बिरेन कुमार लोप्चनले व्यक्तिगत रुपमा जर्सी सहयोग गरेका छन् ।

माया हार्डवयर एण्ड सप्लायर्सका संचालक समेत रहेका लोप्चनले सोमबार २० हजार बराबरको जर्सी खेलाडीहरुलाई प्रदान गरेका हुन् । क्लबका सदस्य तथा खेलाडीहरुको उपस्थितिमा जर्सी हस्तान्तरण गरिएको थियो ।

हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्लालिफाई फुटबल प्रतियोगिता २०८० मा पञ्चशील युवा क्लबले सोबार दोस्रो जीत हासिल गरेर समूह ए को सेमिफाईनलमा प्रवेश गरेको छ ।