मकवानपुर, २७ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–११ मा भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय ३७ वर्षिय सोम बहादुर नेसुरलाई २ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
नेसुरले आफ्नो घरमा अबैध भरुवा बन्दुक लुकाई राखेको छ भन्ने प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठिगनबाट बाट खटिएको प्रहरी टोलीले उनको घरको खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनको घरको चोटाबाट भरुवा बन्दुक २ थान र बन्दुकमा लाग्ने बारुद छर्रा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।










