मकवानपुर, ३० मंसिर । मकवानपुरको मकवानपुरगढी ७ सुकौरा गोले टोलमा ट्रान्स्फर्मरबाट विद्यूत सर्ट भइरहेकोले स्थानीयहरुमा त्रास फैलिएको छ ।
स्थानीय यादव अधिकारीका अनुसार ट्रान्स्फर्मरमा प्रयोग गरिएका स्विच प्लगहरु जिर्ण भएकाले अहिले त्यसबाट करेन्ट सर्ट भइरहेको छ । जिर्ण अवस्थामा भएका प्लगहरुलाई टेप लगाएर राखिएको भएता पनि त्यसबाट करेन्ट सर्ट हुन रोकिएको छैन ।

विद्यूत प्राधिकरण र सरोकारवालाहरुले ट्रान्स्फिर्मर परिवर्तन गर्न छिट्टै पहल थाल्नुपर्ने स्थानीयहरु बताउँछन् । अवस्थालाई बेवास्ता गर्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानयीहरु बताउँछन् ।










