मकवानपुर, १ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गरेका छन् ।प्रधानमन्त्रीले शनिबार बिहान आश्रमको हेटौंडा-९ लामसुरेधापस्थित केन्द्रीय कार्यलयको भवन उद्घाटन गरेका हुन् ।
१२ करोड रुपैयाँ लागतमा आश्रमको भवन निर्माण भएको बताइएको छ । २०६९ भदौ १३ मा स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् ।
मानवसेवा आश्रमका नेपालमा अन्य २४ वटा शाखा कार्यालयहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् ।










