तस्बिर– गुगल

मकवानपुर, २ पुस । मकवानपुरको मकवानपुरमा फेरी पनि मनहरीमा केही दिन देखि दुःख दिईरहेको जंगली हात्तिले फेरि घर भत्काएको छ ।प्रहरीका अनुसार मनहरी गाउँपालिका ८ सिमपानीस्थित टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

त्यस्तै आइतबार स्थानीय रामबहादुर तामाङको गोठ हात्तिले आंशिक रुपमा भत्काएको छ । प्रहरीको अनुसार उक्त स्थानमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोली, प्रहरी र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको भने मानवीय क्षति भएको छैन ।