तस्बिर–चन्द्रकान्त चौधरी

मकवानपुर, २ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोला स्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लि.ले आईतबारदेखि त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित कोदो खरिद गरि संकलन गर्न शुरुवात गरेको छ ।

सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकम समेत थप गरि प्रति केजी ६० रुपैंयाको दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिल वहादुर योन्जनले जानकारी दिए । कोदो संकलनको पहिलो दिन ११ जना कृषकहरुबाट १५०० केजी भन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्ण बहादुर घलान (मुस्कान) ले जानकारी दिए ।

आईतबार कोदो विक्री गर्ने कृषकहरुमध्ये मकवानपुरगढी ४ का कृषक सुकुम बहादुर घलानले सबैभन्दा धेरै ५०० केजी कोदो विक्री गरेको छन् ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमिल्सिनाको उपस्थितिमा कोदो खरिद तथा संकलनको कार्य शुरुवात गरिएको हो । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ८६ वर्षीय कृषक बीर बहादुर योन्जनलाई चेक हस्तान्तरण गरि कोदो खरिदको कार्य शुरुवात गरिएको हो ।

अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्ष देखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ्ग गरि बजारमा बिक्री गरिरहेका छ ।