मकवानपुर, २९ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमारमा यही फागुन १ गते सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाल तामाङ घेदुङ मकवानपुरगढी गाउँ कार्यसमितिको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको समितिले जनाएको छ ।

कार्यक्रममा सेलो गायिका रोश्ना लुङ्बा, गायक अणराज तामाङ, गायिका सुजना लुङ्बा, शिला मोक्तान, कलाकार विक्रम लुङ्बा, सेलो गायक आशाराम थिङ, दोहोरी गायिका शितल कल्पना, दोहोरी गायक अजित लोप्चन, दिपेन्द्र पुन, गायकहरु राजेश दर्नाल, दिपराज खत्री, आरपी सापकोटा, भुवन घलानका साथमा डान्सरहरु पेमा लोप्चन, विजय हेलेन, नोर्बु तामाङ लगायतले प्रस्तुति दिनेछन् ।