साँकेतिक तस्बिर

मकवानपुर, २ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ टुटेपानीमा आइतबार स्थानीय उत्तम गोम्जाको गोठमा आगलागी भएको छ । आगलागी हुँदा वस्तुभाउ घाईते हुनुका साथै धनमालको पनि क्षति भएको प्रहरीले जनाएको छ ।

गोम्जाको गोठमा आगलागी हुँदा ९ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले दुई वटा राँगाको खुट्टा समेत जलेको स्थानीय बताउँछन् । त्यस्तै १५ सय केजी मकै, सालको काठ ३५० क्युफिट र १३५ थान जस्तापाता पनि नष्ट भएको छ ।