मकवानपुर, ३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारको मन्त्री परिषद बैठकले क्याम्पसलाई प्रदेशको सार्बजानिक बिश्वबिधालय बनाउने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय गरेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले बताएका छन् । अबको केही दिन भित्रमा नै आफुहरु र मकवानपुर क्याम्पस सञ्चालक समितिबिच बैठक बस्ने र काम पनि अगाडि बढाउने तयारी गरिएको जम्कट्टेलले जानकारी दिए ।