मकवानपुर, ३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ ज्यामिरेमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो ।

बर्थिङ सेन्टरको उद्घाटन गरिएसँगै मंगलबार नै निःशुल्क स्वास्थ्य शिविरको पनि संचालन गरिएको थियो । शिविरमा महिलाहरुले स्वास्थ्य परिक्षण गराएका छन् । बर्थिङ सेन्टर संचालनमा आएसँगै गर्भवती महिलाहरुले गर्भपरिक्षणसँगै विभिन्न सेवाहरु पाउने भएका छन् ।

अब गर्भजाँच र अन्य सेवाका लागि हेटौँडा बजारसम्म आउनुपर्ने बाध्यता हटेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।